६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको सामना गर्न सबै दल एक ठाउँ, सामूहिक प्रतिबद्धता

कोरोनाको सामना गर्न सबै दल एक ठाउँ, सामूहिक प्रतिबद्धता
अ+ अ-

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलले कोरोना भाइरसको सम्भावित संक्रमणको चुनौतीलाई राष्ट्रिय सहमतिका साथ सामना गर्दै अघि बढ्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । सरकारको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलले कोरोनाविरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन् । ‘सर्वदलीय बैठकबाट देशमा संकट पर्दा विगतमा झैँ सबै राजनीतिक दल एक ठाउँ छौँ भन्ने राष्ट्रिय सहमतिको सन्देश प्रवाह भएको छ,’ बैठकपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने ।

छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा र सांसद दिव्यमणि राजभण्डारी थिए । त्यस्तै, राजपाका नेताहरू महन्थ ठाकुर र महेन्द्र राय यादव तथा समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ बैठकमा थिए । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उद्योगमन्त्री लेखराज भट्ट, अर्थमन्त्री डा. युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत पनि सहभागी थिए ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहित मन्त्रालयका सचिवहरू पनि छलफलमा थिए । प्रचण्डले कोरना भाइरसको सम्भावित संक्रमणविरुद्ध नेकपाले देशव्यापी सचेतना अभियान सुरु गरिसकेको बैठकलाई जानकारी गराएका थिए । उनले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरनाविरुद्ध सिंगो मुलुक एक ढिक्का भएर सामना गर्नुपर्ने बताए । ‘सरकारले आफ्नोतर्फबाट तयारी गरिरहेको छ, हामीले (नेकपा)ले पनि देशव्यापी सचेतना अभियान सुरु गरिसकेका छौँ, पार्टीले सञ्चालन गरिरहेको विशेष अभियानलाई पनि रूपान्तरण गरेर कोरनाविरुद्ध केन्द्रित गरेका छौँ,’ प्रचण्डले भने, ‘सिंगो देश एकताबद्ध भएर कोरोनाको सम्भावित संक्रमणको चुनौती सामना गर्नुपर्छ ।’

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको बैठकमा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना रोकथामका लागि सरकारले गरिरहेको प्रयास र भावी योजना प्रस्तुत गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले मंगलबार औषधि व्यवसायी, उद्योग वाणिज्य महासंघलगायतसँग पनि छलफल गरेका थिए । मन्त्री पोखरेलले कोरोना रोकथामका लागि सरकारले चालेको प्रयासलाई थप व्यवस्थित गर्ने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘धेरै राम्रो सुझाब आएको छ, मन्त्रालय र सरकारी संयन्त्रबीचको समन्वय अभाव र कमजोरीलाई सुधार गर्दै हामी परिणाम देखिने गरी अघि बढ्नेछौँ,’ पोखरेलले भने ।

बैठकमा कांग्रेस नेता गगन थापाले कोरोना संक्रमित मुलुकबाट आउनेलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नुपर्ने प्रस्ताव गरेका थिए । उनले अहिलेको खरिपाटी र धुलिखेलजस्तै उपत्यकाबाहिर पनि क्वारेन्टाइन विस्तार गर्ने गरी सरकारले तयारी बढाउनुपर्ने सुझाब दिए । संक्रमणको जोखिम बढ्दै गए अग्रभागमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम, बिमा र आवश्यक सामग्री उपलब्ध हुने गरी प्रबन्ध गर्नुपर्ने, सरकारी अस्पतालमा थप आइसोलेसन वार्डको व्यवस्था गर्नुपर्ने उनको सुझाब छ । त्यस्तै, उनले उपत्यकाबाहिरका अस्पतालमा ‘क्रिटिकल केयर’का लागि सरकारले अहिलेदेखि लगानी गरेर क्षमता बढाउनुपर्ने, जथाभावी सूचना सम्प्रेषण हुँदा नागरिक आतंकित भएकाले सरकारद्वारा गठित उच्चस्तरीय समितिमार्फत एकद्वार प्रणालीबाट नियमित सूचना सम्प्रेषण गर्नुपर्ने सुझाब राखे ।

थापाले सबै नाकामा कडाइका साथ स्वास्थ्य परीक्षण गर्नुपर्ने, पशुपक्षीहरूको क्वारेन्टाइनलाई पनि प्रभावकारी बनाउनुपर्ने पनि बताए । त्यस्तै, बैठकमा मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेताहरू महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, प्रेम सुवाल, दिव्यमणि राजभण्डारीलगायतले सुझाब आ–आफ्ना दलका तर्फबाट सुझाब राख्दै सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

मन्त्रालयहरू हाई अलर्टमा, कालाबजारी नियन्त्रणको सहमति:बैठकमा सबै मन्त्रीहरूले आफ्ना मन्त्रालयले कोरोनाको रोकथामका लागि गरिरहेका कामबारे जानकारी गराए । मन्त्रीहरूको प्रस्तुतिपछि दलहरूबीच सम्भावित जोखिम सामना गर्न सबै मन्त्रालयले हाई अलर्टमा बसेर समन्वयमा काम गर्ने सहमति भएको छ । त्यस्तै, कोरोनाको नाममा अनावश्यक आतंक फैलाएर खाद्यान्न, औषधि, मास्कलगायतमा कालाबजारी भइरहेकाले कडाइका साथ नियन्त्रण गर्ने सहमति पनि भएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वदलीय बैठकमा सिंगो देश एकताबद्ध भएर कोरोना भाइरसको सम्भावित संक्रमणको चुनौती सामना गर्दै अघि बढ्ने सहमति भएको बताए । ‘सरकारले कोरनाको जोखिमविरुद्ध समयमै आवश्यक सतर्कता अपनाएर राम्रो काम गरेको छ, सिंगो देश एकताबद्ध भएर कोरनाको सम्भावित संक्रमणको जोखिम र चुनौती सामना गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ,’ नेम्वाङले भने ।

आइसियूसहितको आइसोलेसन विस्तारको सहमति:कोरोना संक्रमितको सम्भावित उपचारका लागि आइसियूसहितको आइसोलेसन कक्ष विस्तार गर्ने सहमति भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । ‘अहिले उपचारका लागि एक सय ५५ बेडका आइसियूसहितको आइसोलेसन प्रयोग गर्न सकिने अवस्थामा छौँ,’ मन्त्री ढकालले भने, ‘बैठकमा नेताहरूले तयारीको सिलसिलामा अरू विस्तार गर्न सुझाब दिनुभएका कारण क्षमताले भ्याएसम्म थप विस्तार गर्न सकारात्मक रहेको प्रतिबद्धता जनाइएको छ ।’ त्यस्तै, विदेशीहरूको राम्रो स्वास्थ्य परीक्षण गरेर आशंकितलाई छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्थालाई थप कडाइ गर्ने पनि सहमति भएको छ । नयाँ पत्रिका दैनिक