९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवगठित नेकपाले सातवटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने



अ+ अ-

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।

आईतवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । उहाँले संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ । नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौं । नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौं ।’

उहाँले स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिवद्ध भएर लाग्ने दाबी पनि गर्नुभयो ।