• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

ब्रिक्स नयाँ विकास बैंकमा इजिप्टको सदस्यताको भारतद्वारा स्वागत



भारतले बुधबार इजिप्टलाई ब्रिक्स नयाँ विकास बैंकको चौथो नयाँ सदस्यको रूपमा स्वागत गरेको छ। यस सदस्यता विस्तार बाट बैंक विश्व अर्थतन्त्र मा प्रमुख विकास संस्थाको रूपमा स्थापित हुनसक्ने छ।

यस सन्दर्भमा भारतीय विदेश मन्त्रालय का प्रवक्ता अरिन्दम बागचीले ट्विटरमा भने, " #ब्रिक्स # नँया विकास बैंक परिवारको चौथो नयाँ सदस्यको रूपमा इजिप्टलाई स्वागत गर्दछ। सन् २०२१ सेप्टेम्बर महिनामा बंगलादेश, युएई र उरुग्वे यस परिवारमा सामेल भएका थिए। सदस्यता विस्तार बाट बैंक विश्व अर्थतन्त्र मा प्रमुख विकास संस्थाको रूपमा स्थापित हुनसक्ने छ।"

नयाँ विकास बैंक ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका) द्वारा सन् २०१५ मा स्थापना भएको थियो।

बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा एनडीबीको बोर्ड अफ गभर्नरले सन् २०२० को अन्त्यमा सम्भावित सदस्यहरूसँग औपचारिक वार्ता गर्न बैंकलाई अधिकार दिएको बताएको छ।

“सफल वार्ताको एक चरण पछि, एनडीबी ले सेप्टेम्बर २०२१ मा बंगलादेश, संयुक्त अरब इमिरेट्स र उरुग्वेको प्रवेशको साथ आफ्नो सदस्यता विस्तार गर्न थालेको थियो। इजिप्ट एनडीबी मा प्रवेश गरेको चौथो नयाँ सदस्य हो, जसले बैंकको विश्वव्यापी पहुँचलाई थप विस्तार गरेको छ।,” एनडीबी विज्ञप्तिमा भनिएको छ।

इजिप्टलाई एनडीबी परिवारमा स्वागत गर्दै बैंकका अध्यक्ष मार्कोस ट्रोजोले भने, “हामी इजिप्टलाई यस परिवारमा स्वागत गर्न पाउँदा खुसी छौं। इजिप्ट विश्वको सब भन्दा द्रुत बृद्धि हुने देशहरू मध्ये एक हो, अफ्रिकी महाद्वीप र मध्य पूर्व क्षेत्रको प्रमुख अर्थतन्त्रका साथै विकास वित्त संस्थाहरूमा प्रमुख खेलाडी हो।"

"हामी पूर्वाधार र दिगो विकासमा यसको लगानी आवश्यकताहरूलाई समर्थन गर्न तत्पर छौं," उनले थपे।

इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले इजिप्ट बहुपक्षीयताको दृढ विश्वासी र समर्थक रहेको बताएका छन् ।

“एनडीबीले उदीयमान बजार र विकासोन्मुख देशहरूको लागि प्रमुख बहुपक्षीय विकास बैंकहरूको रूपमा आफूलाई स्थापित गरेको छ। इजिप्टले यस परिवारमा सामेल हुने निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्दछ र आगामी वर्षहरूमा बैंकसँग बलियो साझेदारी र संलग्नता निर्माण गर्न तत्पर छ," उनले भने।

"इजिप्टले आफ्नो अर्थतन्त्र बढाउन र यसको कोषका स्रोतहरू विविधीकरण गर्न निरन्तर प्रयास गरिरहेको छ। एनडीबी को बलियो वित्तिय क्षमता र सान्दर्भिक विशेषज्ञताले इजिप्टलाई यसको वित्तिय आवश्यकताहरू पूरा गर्न र यसको महत्वाकांक्षी एसडीजी लक्ष्यहरू पूरा गर्न तथा पूर्वाधार स्तरवृद्धि गर्न मद्दत गर्नेछ," इजिप्टका अर्थमन्त्री माइटले भने।

इजिप्ट ले एनडीबीमा ब्रिक्स र अन्य उदीयमान अर्थतन्त्र र विकासशील देशहरूसँग पूर्वाधार र दिगो विकासमा सहयोग बढाउने छ।

एक पटक स्वीकार्य देशले आफ्नो घरेलु प्रक्रियाहरू पूरा गरेपछि र पहुँचको उपकरण जम्मा गरेपछि एनडीबीको सदस्यता प्राप्त गर्नेछन्।

६ वर्षअघि स्थापना भएदेखि नै एनडीबी ले आफ्ना सबै सदस्य राष्ट्रहरूमा करिब ८० परियोजनाहरू स्वीकृत गरेको छ। जसको कुल लागत ३० अर्ब अमेरिकी डलर रहेको छ।

यातायात, खानेपानी तथा सरसफाइ, स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार, सामाजिक पूर्वाधार र शहरी विकास जस्ता आयोजनाहरू बैंकको दायराभित्र रहेका छन् ।

यो विकास बैंक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाद्वारा ब्रिक्स र अन्य उदीयमान अर्थतन्त्र र विकासोन्मुख देशहरूमा पूर्वाधार र दिगो विकास परियोजनाहरूका लागि स्रोत परिचालन गर्न स्थापना गरिएको थियो।

यस बैंक सँग १ सय अरब अमेरिकी डलर बराबर को एक अधिकृत पूँजी छ, जुन संयुक्त राष्ट्र संघ को सदस्यहरु द्वारा सदस्यता को लागी खुला रहेको छ। ( India News Network )