१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) विप्रेषण (रेमिट्यान्स)आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस अवधिमा विप्रेषण ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।

गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

यस्तै, चालु आवको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,२३,४५९ पुगेको छ । जसमा, ७७, २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १,१०,६५४ रहेको थियो ।