२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको ओलीको आरोप



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको आरोप लगाउनु भएको छ ।

गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले जेन(जीहरूका नाममा कलाविहीन नाटक चलाइएको बताउनु भयो ।

उहाँले  सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाउनु भयो ।

ओलीले अहिले पनि जेन-जी भनेर १०र२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो- “उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।”

ओलीले अवकाशलगत्तै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा पनि आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ । आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’

उहाँले भन्नुभयो -“यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेन-जीको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ । जेन-जीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेन-जीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ ।

ओलीले प्रतिनिधिसभा अविलम्व पुनस्स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताउनु भयो ।