६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पचास लाखसम्मको ऋणमा कर चुक्ता प्रमाणपत्र नै नचाहिने

पचास लाखसम्मको ऋणमा कर चुक्ता प्रमाणपत्र नै नचाहिने
अ+ अ-

काठमाडौं । ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो । केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई ५० लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्दा वा नविकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र र वा अद्यावधिक कर चुक्ता दालिखा प्रमाणपत्र लिन अनिवार्य हुने छैन ।’ यस्तै ५० लाख रुपैयाँभन्दा बढी र दुई करोडभन्दा बढीको कर्जा लिने वा लिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग पेशा व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गरिने भएको छ । बैंकको निर्देशनमा भनिएको छ, ‘साँवा र व्याज नियमित रूपमा भुक्तानी भएता पनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सूक्ष्म निगरानीमा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यवसायिक उत्पादन सुरु गरे पश्चात दुई आर्थिक वर्षको वित्तीय विवरणको आधारमा मात्र यो व्यवसथा लागू हुुनेछ ।’

त्यस्तै प्राथमकिता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जाको हकमा यस्तो अवधि तीन वर्ष कायम गरिएको छ । यसैगरी स्वप्रयोजनका लागि निर्माण वा खरिद गरिने पहिलो घर कर्जाको लागि करयोग्य आयको हकमा कर दाखिला कागजको आधारमा कर्जा प्रदान गर्न वा नवीकरण गर्न सकिने भएको छ । त्यस्तो कर्जाको हकमा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । सौर्य दैनिक