६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रीहरूको अटेरी !

सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रीहरूको अटेरी !
अ+ अ-

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सम्पत्ति विवरण सार्वजनिक गर्न सार्वजनिक लेखा समितिले भने ताकेता गरिरहेको छ । गण्डकी प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले पदबहाली गरेको ६० दिनभित्र र आर्थिक वर्ष सकिएको ६० दिनमा सार्वजनिक सम्पत्ति विवरण बुझाउने तथा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले भने अझै बुझाएका छैनन् । ४ फागुन ०७४ मा मन्त्रिपरिषद्को गठन भएको थियो ।

मन्त्रिपरिषद् बैठकले आचारसंहिता जारी गर्दै ६० दिनभित्र सम्पत्ति वितरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, मुख्यमन्त्री र मन्त्रीहरूले आफैँले बनाएको आचारसंहिता पनि उल्लंघन गरेका छन् । सरकार गठन भएको दुई वर्षसम्म मुख्यमन्त्री र मन्त्रीले सम्पत्ति विवरण नगरेको सार्वजनिक रूपमा आलोचना हुन थालेको छ । सांसदहरूले समेत यसको आलोचना गर्दै आएका छन् । अझ प्रदेश सभाको सार्वजनिक लेखा समितिले सम्पत्ति विवरण सार्वजनिक गर्न पटक–पटक निर्देशनसमेत दिएको छ ।

सार्वजनिक लेखा समितिले बुधबार तेस्रोपटक सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । सभापति कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।यसअघि पनि १५ फागुनमा बसेको लेखा समितिको बैठकले सात दिनभित्र मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । त्यसको बेवास्ता भएपछि पुनः निर्देशन दिएको समिति सभापति खड्काले बताए ।

समितिले २० कात्तिकमा सात दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पहिलोपटक निर्देशन दिएको थियो । तर, मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् ।

प्रदेश सरकारको लगानी सार्वजनिक गर्न पनि निर्देशन:सार्वजनिक लेखा समितिले गण्डकी काउ फर्म एन्ड रिसर्च सेन्टर प्रालिसँग गण्डकी सरकारले सेयर खरिदबापत ११ करोड प्रदान गर्ने निर्णयको विषयमा पनि यथार्थ सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । काउ फर्मको विषयमा पनि यथार्थ पेस गर्न समितिले यसअघि १५ फागुनमा पनि निर्देशन दिएको थियो । तर, सरकारले लगानी सार्वजनिक गरेको छैन ।

बुझाउनुपर्ने ठाउँमा बुझाएका छौँः मुख्यमन्त्री गुरुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू र आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूले कानुनबमोजिम बुझाउनुपर्ने सबै विवरण बुझाएको बताएका छन् । पारदर्शिताका मामिलामा आफूहरू कहीँ कतै नचुकेको उनको भनाइ छ । ‘बुझाउनुपर्ने ठाउँमा विवरण सबै बुझाएका छौँ, प्रदेश सरकार कानुनबमोजिम गर्ने काममा कहीँ चुकेको छैन, सरकार पारदर्शी छ,’ मुख्यमन्त्री गुरुङले भने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएको उनको भनाइ छ ।

सार्वजनिक लेखा समितिले दिएको निर्देशनका विषयमा जिज्ञासा राख्दा उनले आवश्यक छलफल गरेर जवाफ दिने बताए । ‘सरकारको पारदर्शिता, विकास पूर्वाधारमा भएका खर्चलगायतका विषयमा समितिको अझै चासो रहोस्, समितिले दिने निर्देशनका विषयमा छलफल गरेर जवाफ दिउँला,’ उनले भने । नयाँ पत्रिका देनिक