५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्यो: मुख्यमन्त्री यादव

मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्यो: मुख्यमन्त्री यादव
अ+ अ-

जनकपुरधाम: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाउनुभएको छ ।

शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उहाँले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गर्नुभएको हो । मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो । मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको बताउनु भयो । सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उहाँले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी समेत गर्नुभयो । उहाँले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री यादवले भन्नुभयो,‘मधेस प्रदेशमा पनि वीरगंजमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष सम्वादमा रहेर दलहरुलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरु जुटाइदिन्छु भन्ने, नेताहरुलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमती हुने र सहमती भंग गर्ने वातारण सृजना भएको जानकारी गराउन चाहन्छु । मलाई नेपाल सरकारको आर्मीको सुरक्षा मलाई छ । सशष्त्र प्रहरीको सुरक्षा मलाई छ । नेपाल प्रहरीको सुरक्षा मलाई छ । तर पनि मलाई सुरक्षा थ्रेट छ भने माननीय सभामुखज्युको सुरक्षामा एउटा टुकडी नै छ प्रहरीको । अन्य मन्त्रीहरुलाई पनि सुरक्षा छ । त्यसो भएको हुनाले हामीसँग पनि सुरक्षा निकायकै रिपोटिङ अनुसार  मुख्यमन्त्रीज्यु कार्यक्रम कम गर्नुप¥यो, सिमित कार्यक्रमहरु गर्नुप¥यो । अलिकति सुरक्षा चुनौति छ । अलि संवेदनशील भइदिनुप¥यो भनेर आइसकेपछि यी विषयबस्तुहरु मैले कसलाई भन्ने ? सुरक्षा थ्रेट मलाई कोबाट छ ? अरु जनताबाट त हुँदैन । त्यो आन्दोलनकारीबाट नै हुन्छ । त्यसकारण म सुरक्षित छैन भने कुनै अन्य व्यक्ति त सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलको माननीयहरु सुरक्षित हुन सक्छन ? मलाई आक्रमण गर्दाखेरी मेरो पार्टीका कार्यकर्ता र मेरा समर्थकहरुलाई आक्रमण नगर्ला भन्न सकिन्छ ?’ 

मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि उल्लेख गर्नुभयो ।