९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा ‘पार्टी छाड्ने’ क्रमबारे केन्द्रीय सदस्य कार्कीको प्रश्न – “आरोप होइन, कारण खोजौँ”



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पछिल्ला दिनमा नेताहरूले पार्टी त्याग्न थालेको विषय गम्भीर भएर बुझ्नुपर्ने बताएका छन्।

पार्टीका सचिवालय सदस्य सन्तोष परियारले आजमात्रै पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीभित्र उत्पन्न समस्या समाधानतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिँदै यही प्रसंगमा सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै कार्कीले लेखेका छन्, “समस्या छन्, समाधान खोजौँ। जानेलाई आरोप होइन, छोड्नुको कारण खोजौँ। सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ।”

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि पार्टीबाट राजीनामा दिएकी थिइन्।

कार्कीले केही नेताहरूले ‘समानुपातिकबाट दोहोरिन नपाएर’ मात्र पार्टी छाडेको भन्ने दृष्टिकोण सही नभएको बताए । उनले लेखेका छन्, “सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएपछि छोड्यो भन्ने होला। तर अस्ति सुमनाले छोड्दा त्यस्तो नियम बनाइएकै थिएन, किन छोडिन्रु सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे। तिनले के नपाएर छोडे? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने?”

रास्वपाभित्र एकपछि अर्को नेतृत्व तहबाट भइरहेको राजीनामाले पार्टीभित्रको असन्तुष्टि सतहमा आएको देखिएको छ। पार्टीले यतिबेला आन्तरिक व्यवस्थापन र असन्तुष्टि समाधान गर्ने चुनौतीको सामना गरिरहेको छ।