१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको प्रक्रिया थाल्न देउवा पक्षका केन्द्रीय सदस्यले दर्ता गराए ध्यानाकर्षणपत्र



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यले महाधिवेशनको प्रक्रिया सुरु गर्न ७ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता टुङ्ग्याउनुपर्ने माग सहित उनीहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षणपत्रमा आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्नुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने पनि उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्नुभएका केन्द्रीय सदस्य रमेश रिजालले आफु कार्य सम्पादन समितिमा रहेका कारण समर्थन भएपनि हस्ताक्षर भने हटाउन आग्रह गरेपछि उहाँको नाममा टिपेक्स लगाएर पत्र बुझाईएको एक सदस्यले जानकारी दिनुभयो ।