६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको त्रास: सरकारले छुट्टै अस्पताल बनाउने

कोरोनाको त्रास: सरकारले छुट्टै अस्पताल बनाउने
अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसका लागि १ सय शै्ययाको छुट्टै अस्पताल बनाउने भएको छ । चालु रहेको वा नयाँ कुनै अस्पताललाई कोरोनाबाट संक्रमित राखेर उपचार गराउने व्यवस्था मिलाउने तयारीमा सरकार जुटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएपछि सरकारले सो प्रक्रिया सुरु गरेको छ । त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका हुन् ।

बिरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय शै्ययाको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगको भेटका क्रममा समितिका संयोजक पोखरेलले पनि छुट्टै अस्पतालका लागि सुझाव आएको बताए । कोरोनाविरुद्ध लड्ने सरकारी पूर्व तयारीबारे प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूसँग चासो राखेका थिए । स्वास्थ्य मन्त्री ढकालले प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामबारे चासो लिँदै विशेष अस्पताल निर्माण बारेमा चासो दिनुभएको बताए । ‘पूर्व तयारीमा जोड दिनुभयो । यदि, कोरोनाको संक्रमण देखिहालेमा त्यसका लागि विशेष अस्पताल तयार पार्नुपर्नेमा प्रधानमन्त्रीको चासो छ’, मन्त्री ढकालले भने ।

यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका सरकार प्रमुखबीच कोरोना विरुद्ध साझा सहकार्यका लागि भिडियो कन्फेरेन्सको तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा कोरोनाविरुद्ध सहकार्य र साझा राणनीति तय हुन लागेको हो । सार्क सदस्य राष्ट्रबीच तत्काल उच्चस्तरीय भेटवार्ता सम्भव नभएकाले आगामी राणनीति बनाउन भिडियो कन्फेरेन्सको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल प्रवेशमा कडाइ:कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी अध्यागमन विभागले शनिबारबाट लागू हुने गरी विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । विदेशबाट आउने नेपाली नागरिक, गैरआवासीय नेपाली तथा विभिन्न उद्देश्यले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले प्रवेश विन्दु अर्थात अन्तर्राष्ट्रिय विमानस्थलमै विभिन्न शर्त पालना गर्नुपर्ने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य प्रमाणपत्र पेश गरी पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ¥याल परीक्षण रिपोर्ट पेश गर्नुपर्ने विभागले जनाएको छ । यस्तै नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक तथा गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्यरूपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ ।

अध्यागमन विभागले शनिबार मध्यरातीबाट लागू हुने गरी सबै मुलुकका नागरिक र गैरआवासीय नेपालीलाई प्रवेश विन्दुमा प्रदान गर्दै आएको अनअराइभल भिसामा रोक लगाएको जनाएको छ । स्थलमार्गबाट आउने तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यो प्रावधान आगामी अप्रिल ३० सम्म लागू हुने विज्ञप्तिमा उल्लेख गरेको छ । उता, अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले अति आवश्यक कामबाहेक अमेरिकाबाट नेपाल नजान त्यहाँस्थित नेपालीलाई आग्रह गरेका छन् । उनले अमेरिकी पासपोर्ट भएका एनआरएनदेखि नेपालकै पासपोर्ट भएकाहरूलाई अति महत्वपूर्ण अवस्थाबाहेक नेपाल नजान आग्रह गरेका हुन् ।

भारतसँग चार नाकामात्र खुल्ला:भारतले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरूमात्रै खुला राख्ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरू ओहोरदोहोर गर्नका लागि वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

यसबाहेकका नाकाहरूबाट मानिसहरूको आवतजावत तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहनेछ । भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरूमा पनि मानिसहरूको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ ।

बिदा नबस्न आग्रह:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९को संक्रमणलाई ध्यानमा राखेर नेपालमा पनि उच्च सर्तकता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश जारी नभएसम्मका लागि बिदा नबस्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न भनिएको छ । बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि मन्त्रालयले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सौर्य दैनिक