६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरस: सार्कका शीर्ष नेतृत्वबीच साझा रणनीति तय गर्न भिडियो सम्मेलन

कोरोना भाइरस: सार्कका शीर्ष नेतृत्वबीच साझा रणनीति तय गर्न भिडियो सम्मेलन
अ+ अ-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको छ । नेपाली समयअनुसार आइतबार अपराह्न ५ः१५ मा तोकिएको सम्मेलनलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोल्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले सिंहदरबारबाट सार्कका शीर्ष नेताहरूबीच आइतबार अपराह्न सवा ५ बजे भिडियो कलमार्फत सम्बोधन गर्दै हुनुहुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने । मोदीले कोरोना भाइरसविरुद्ध मिलेर लड्न सार्कका सदस्य मुलुकले कडा रणनीति बनाउने प्रस्ताव गरेको पर्सिपल्ट भिडियो कल कन्फरेन्समार्फत संवाद तय भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा शनिबार दिल्लीबाट साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध कठोर साझा रणनीति तय गर्ने विषयमा आइतबार अपराह्न ५ बजे सार्कका सबै सदस्य मुलुकहरूको भिडियो संवादको नेतृत्व गर्नुहुनेछ ।’

प्रवक्ता रविसका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका शीर्ष नेताले सम्बोधन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत र पाकिस्तानका शीर्ष नेताबीच लामो समयपछि भिडियो संवाद हुन लागेको हो । मोदीले विश्वको जनसंख्याको उल्लेख्य संख्या रहेको दक्षिण एसियाका जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै पनि कसर बाँकी राख्न नहुने भन्दै भिडियो कल कन्फरेन्सलगायत संवादमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीसहित सार्क मुलुकका कार्यकारी प्रमुखहरूले मोदीको प्रस्तावको स्वागत गर्दै क्षेत्रीय सहकार्यमा जोड दिइसकेका छन् । नयाँ पत्रिका दैनिक