२१ भाद्र २०८३, आईतवार
,
Latest
जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किवानिज पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन



अ+ अ-

काठमाडौँ । किवानिज क्लव अफ पाटन पहिलो कार्यसमिति गठन गरिएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी किवानिज क्लव अफ पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । 

कार्यसमितिमा अध्यक्षसहित १७ जना रहेका छन् । क्लवका अध्यक्षका पाण्डेले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो । 

अध्यक्ष पाण्डेले भन्नुुभयो,‘किवानिज क्लव अफ पाटनले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढेको छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढको छ । क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफ पाटन मार्फत गर्ने छौं  । बालबालिकाको अध्ययनको लागि छात्रवृत्तिका कार्यक्रम,उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सिविर,वातावरण सरसफाई सम्बन्धि कार्यक्रम तथा वातावरण सफा राख्नको लागि विरुवा रोप्ने काम समेत गर्ने छ । यस्ता काम भाषण होइन गरेर देखाउने छौं । विशष गरेर दक्षिण ललितपुर, रामेछाप, दोलखा,सिन्धुली र काभ्रेमा स्तानीय तहको समेत समन्वयमा शिक्षा,स्वास्थ्यको क्षेत्रमा काम गर्ने तयारी छ । माघ महिनामा क्लवमार्फत् स्वास्थ्य सिविर राख्ने सम्र्पूण तयारी भएको छ।’

किवानिज क्लव अन्तर्राष्ट्रिय रुपमा १०७ वर्ष पुरानो क्लव हो । नेपालमा सन् २०१५ मा स्थापना भएको हो । क्लवले स्थापनादेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । उक्त कार्यक्रममा क्लवका डिष्ट्रिक गभर्नर मोहन लम्साल, डिष्ट्रिक इलेक्टेड गभर्नर एकराज पन्तलगायतको उपस्थिति रहेको थियो ।