२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाधिवेशनसम्बन्धी विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छ’



अ+ अ-

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रिय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिनुभएको हो । उहाँले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोईरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रिय समिति बैठकले नै निष्कर्ष  निकाल्नुपर्ने बताउनु भयो । उहाँले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रिय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरु जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणिकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ । ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो । त्यसकारण मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यँहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो । ५५  प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका  गर्नुपर्ने ठाउँ छैन । बाध्यात्मक हुन्छ । तर पार्टी विभाजनतिर नजाओस भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।’

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गि भुमिका खेलिरहेको नेता कोईरालको भनाइ छ ।