६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्छ: स्वास्थ्यमन्त्री

कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्छ: स्वास्थ्यमन्त्री
अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन् । नेपालमा कोही पनि कोरोनाबाट संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए । ‘कोरोनाबाट बिरामी भएको पुष्टि भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ’, राष्ट्रियसभा बैठकमा आइतबार उनले भने, ‘कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔं भन्ने सरकारको आग्रह हो ।’ उनका अनुसार ४ सय ६४ जनाको परीक्षण गरिएकोमा सबैको रिजल्ट ‘नेगेटिभ’ आएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

‘नेपालमा आजसम्म एक जना पनि संक्रमित पाएका छैनौं’, उनले भने, ‘संक्रमण देखियो भने आवश्यक औषधि र औजारको जोहो गरेका छौं ।’ उनले कोरोना भित्रिन नदिन उच्च सावधानी अपनाइएको सुनाए । हात धुन, भेटघाटमा नमस्कार गर्न, खाना खाँदा सावधानी अपनाउन, भीडमा नजान जनतालाई आग्रह गरिएको उनको भनाइ थियो । विदेशबाट आउनुपरे सात दिनसम्म खकार जाँच गरेको भए मात्र प्रवेश गराउने र विदेशीको हकमा ‘सेल्फ क्वारेन्टाइन’ तथा नेपाली आए ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने उनले बताए । चीनबाट उद्धार गरिएका नेपालीलाई जस्तो अब क्वारेन्टाइन गर्न सहज नभएको आफ्नो भनाइलाई बंग्याएर प्रचार गरिएको उनको गुनासो थियो ।

‘क्वारेन्टाइन भनेको सुरक्षाका निम्ति अपनाइने उपाय हो’, उनले भने, ‘सेल्फ क्वारेन्टाइन भनेको आफ्नो घरमा बस्ने, बेड छुट्टै हुने, खाना आफैं खाने, परिवारका सदस्यसँग एक मिटर दूरी पर बस्ने भन्ने हो ।’ उनले कोरोना भाइरस १ सय ५२ राष्ट्रमा फैलिएको र ४६ देशमा नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरे । कोरोनाबाट १ लाख ५६ हजार संक्रमित देखिएको र ८० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी भेटिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिले कोरोना रोगसम्बन्धी राज्यका तर्फबाट गर्नुपर्ने काम गरिरहेको उनले संसद्लाई जानकारी गराए ।

भारतसँगका १ सय २९ नाकामध्ये ४३ वटामा स्वास्थ्य बिन्दु राखेर चेकचाँज गरिएको र कूटनीतिकबाहेक अन्य भिसामा वैशाख १८ सम्म विदेशीलाई नेपाल आउन बन्द गरिएको उनले जनाए । कक्षा १ देखि ९ सम्मका ५० लाख विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सक्ने र संक्रमणको अवस्था हेरेर एसईई सञ्चालन गरिने जानकारी उनले दिए । देशभर १ सय ७० आईसीयू सञ्चालनमा रहेको जनाउँदै उनले २ सय ३५ आईसीयू व्यवस्थापन गर्ने तयारी भइरहेको जनाए । अन्नपुर्णपोष्ट दैनिक