६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रदेश प्रमुखहरू चार दिनदेखि गुनासा बोकेर काठमाडौंमा दौडधूप गर्दै

प्रदेश प्रमुखहरू चार दिनदेखि गुनासा बोकेर काठमाडौंमा दौडधूप गर्दै
अ+ अ-

काठमाडौं । सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी सचिवालयको सेवासुविधा विस्तार गर्नुपर्ने उनीहरूका मुख्य माग छन्। प्रदेश प्रमुखको ‘प्रोटोकल’ मिलाउन पनि उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन्। त्यसका लागि प्रमुखहरूले ७ बुँदे ध्यानाकर्षणपत्र विभिन्न दलका प्रमुखदेखि केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटी आफ्ना समस्या सुनाउने र समाधान खोज्ने उद्देश्यले उनीहरू काठमाडौंमा छन्। प्रदेश प्रमुखहरूको दौडधूप आइतबार दिनभर जारी थियो।

फाइल तस्बिर

उनीहरू सुरुमा नेकपा अध्यक्ष दाहाललाई भेट्न बिहानै खुमलटार पुगे। त्यहाँ दाहाललाई झन्डै डेढ घण्टा गुनासा सुनाए। दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाए। स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले सामूहिक भेटका लागि समय उपलब्ध नगराएपछि उनीहरूले रिमाललाई भेटेका हुन्। ‘हामी नेकपा अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर समस्या अवगत गराउने उद्देश्यले काठमाडौंमा सामूहिक पहल गर्न आएका हौं’, प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले भने, ‘अध्यक्ष दाहाललाई भेट्यौं। प्रधानमन्त्रीलाई भेट्ने अवस्था रहेन। उहाँका प्रमुख सल्लाहकारलाई जानकारी गरायौं। अब राष्ट्रपतिलाई भेटेर हाम्रा व्यवस्थापकीय समस्या अवगत गराउन खोजिरहेका छौं।’

राजनीतिक भेटमा तल्लीन प्रमुखहरूमा प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, बागमतीका विष्णु प्रसाई, गण्डकीका अमिक शेरचन, प्रदेश ५ का यादव, गण्डकीका गोविन्द कलौनी र सुदूरपश्चिमका शर्मिला त्रिपाठी छन्। प्रदेश ५ का प्रमुख यादवले आवास, सवारी साधन, स्वकीय सचिव, निजी सचिवका सुविधा र प्रोटोकल मिलानलगायत विषयमा केन्द्रित सुझाव राखेको सुनाए। प्रमुखहरूले सबैभन्दा बढी प्रदेश १, २ र कर्णालीमा निजी आवासको समस्या देखिएको गुनासो पोखेका छन्। प्रदेश १ का प्रमुख अधिकारीको आवास साँघुरो भएको, सुरक्षाकर्मीदेखि परिवार सदस्य बस्न समस्या रहेको, मुख्यमन्त्री कार्यालयको सचिव नै प्रदेश कार्यालयमा पुग्न नसकेको जस्ता समस्याप्रति उनीहरूले ध्यानाकर्षण गराएका छन्।

प्रदेश प्रमुखका लागि प्रदेश १ मा तत्कालीन मोरङ/सुनसरी सिँचाइ परियोजनाका कर्मचारी बस्ने भवन व्यवस्थापन गरिएको छ। त्यहाँ दुई कोठाको मात्र भवन रहेको भन्दै व्यवस्थापनमा जटिलता आइपरेको समस्या अधिकारीले भेटहरूमा सुनाएका थिए। प्रदेश २ का प्रमुख परियारले व्यवस्थापकीय समस्याबारे ध्यानाकर्षण गराउन खोजिएको बताए। ‘समस्या छन्, समाधानको खोजी गरौं भन्न खोजेका मात्र हौं’, उनले भने। प्रदेश ५ का प्रमुख यादवले राष्ट्रपतिलाई भेट्न खोजेको सुनाए। ‘उहाँलाई अलिक सच्चो नभएको खबर पायौं। एक/दुई दिनमा मिलाउँला भन्ने खबर आएको छ’, उनले भने, ‘हामी उहाँलाई भेटेर मात्र फर्किने सोचमा छौं।’

नेकपा अध्यक्ष दाहालले भने प्रदेश प्रमुखका कार्यालयमा भएका समस्याबारे पार्टी र सरकारमा छलफल गरेर समाधान खोजी गर्ने आश्वासन दिएका थिए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले प्रदेश प्रमुखहरूका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग आफूले जस्ताको तस्तै कुरा राखिदिने बताए।

दाहाल भेटेकामा बाबुरामको आपत्ति

प्रदेश प्रमुखहरूले नेकपा अध्यक्ष दाहाललाई सामूहिक भेट गरेकामा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। ‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्, राज्यका प्रतिनिधि हुन्। उनीहरूले राज्य/सरकार प्रमुखलाई भेट्ने हो। पार्टी प्रमुखलाई हैन। कुनै एकको निजी भेटघाट हुन सक्छ। सातै जनाको एकैसाथ निजी भेट हुन सक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिस्ट प्रणाली यो हैन’, भट्टराईले सामाजिक सञ्जालमा टिप्प्णी गरेका छन्।

यी प्रदेश प्रमुख गत कात्तिक १८ मा नियुक्त भएका थिए। अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले नयाँ नियुक्ति गरेको हो। उनीहरूले प्रदेश अधिवेशनको आह्वान र अन्त्य गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरण गर्ने अधिकार संविधानमा व्यवस्था गरिएको छ। अन्नपुर्णपोष्ट दैनिक