३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताउनु भएको हो । पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न पनि काँग्रेसलाई सचेत गराउनु भयो ।

काँग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सृजना हुने उहाँको बुझाई थियो । पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोलिटिकल पार्टीहरुले अव निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ । चुनावको माहौला पोलिटिकल पार्टीहरुले अलमल नगरी चुननवको माहौल बनाएर जानुपर्छ । यो काँग्रेस लिडिङ पार्टी हो । अहिले काँग्रेस के डिसाईड गर्छ ? काँग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ । त्यो दिन देशभर चुनावमय हुन्छ । र चुनाव सफल हुन्छ । त्यसका लागि तपाईहरुले चाँडै डिसाईड गर्नुस् । अब अलमलमा नबस्नुस् । अरु पार्टीहरु जेनजी भाईबहिनीहरुलाई जसले यही संविधानलाई टेकेर अघि बढनुपर्छ भनेका छन् । आफूमा छलफल गर्नुस् ।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो ।