२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न



अ+ अ-

काठमाडौं। सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ।

सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो।

दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो।

दोस्रो दिन शनिबार ट्रफीलाई बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरियो। त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी ट्रफी टूर सम्पन्न भएको थियो।

शुक्रबार धनगढीबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी अनावरण गरेका थिए। ट्रफी टूरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दिपक विष्ट, तथा खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए।

ट्रफी टूरको क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति पनि दिएका थिए।

सुदूरपश्चिम रोयल्सको टोली: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षक: जगत टमटा