१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन
अ अ+ अ-

काठमाडौँ। ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बाग्मतीको गोठाटार पहेँलो पुल क्षेत्रमा सफाइ गरी नकुहिने करिब साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइ महाअभियानका ६५२औँ हप्तामा आज गोठाटार नयाँबस्ती पहेँलो पुल क्षेत्रको बाग्मतीमा सफाइ गर्दा धेरैजसो नकुहिने फोहर नदीमा फालेको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्याल, गोकर्णश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीलगायत ५० जना अभियानकर्मीको सहभागिता थियो । सफाइबाट उठाइएको फोहर गोकर्णेश्वर नगरपालिकाको ट्रकमा राखी व्यवस्थापन गरिएको शाहीले बताउनुभयो ।

अर्को साता (कात्तिक २९ गते)को सरसफाइ कार्यक्रम सोही नगरपालिकाको जम्बो डाँडा, प्रहरी अघिको बाग्मती नदी किनार र पारिपट्टिको गोठाटार क्षेत्रमा गरिने माथिल्लो बाग्मती सफाइ अभियानका अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सञ्चालन हुँदै आएको छ । जाडो, बर्सात्, चाडपर्व, विपद् जस्तोसुकै अवस्थामा पनि सफाइ महाअभियान निरन्तर चलिरहेको छ ।

यो महाअभियान विश्वमा लामो अभियानका रूपमा अघि बढेको दाबी गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यो महाअभियान सुरु भएको थियो । रासस