१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरिएको छ । अधिवक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरेका हुन् ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अधिवक्तादय न्यौपाने र भण्डारीले सूचनाको हक प्रयोग गर्दै सोबारे सूचना उपलब्ध गराउन निवेदन दिएका छन्।

निवेदकहरुले प्रधानमन्त्री ओलीले किड्नी प्रत्यारोपण गरेको मिति, किड्नी दान गर्नेको पहिचान, किडनी लिने र दिनेबीचको नाता तथा किड्नी दाता र ग्रहण गर्नेका पेश भएका दस्तावेज, नाता प्रमाणितका दस्तावेज, किड्नी प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सूचना माग गरेका छन् ।

सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन राज्य र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेको छ । सोही ऐनको दफा ३ ले प्रत्येक नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको भन्दै सूचना मागिएको निवेदकहरुको भनाइ छ ।