६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हल्लाले गर्दै बजार अनियन्त्रित

हल्लाले गर्दै बजार अनियन्त्रित
अ+ अ-

काठमाडौं । हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो। उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो। उपभोक्ताको भीड मंगलबार साँझसम्म यथावतै देखियो। यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्। भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ।

भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाएका भरमा उपत्यकावासी सकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए। यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपथ्र्यो। निगमले शनिबार डिपो बन्द राख्यो। थानकोट डिपोले शुक्रबार पेट्रोल ९ लाख ३३ हजार र डिजेल १२ लाख ७ हजार लिटर वितरण गरेको थियो। उसले आइतबार दिउँसो २ बजेदेखि पेट्रोल ८ लाख २८ हजार र डिजेल ९ लाख ८३ हजार लिटर उपत्यकाको बजारमा पठाएको थियो। निगमले आफ्नो योजनाअनुरूप आइतबार बिहान ७ बजेदेखि इन्धन उपलब्ध पनि गराएन।

मागको तुलनामा निगमले अपर्याप्त परिमाणमा इन्धन बजारमा पठाउनु र शनिबार नदिनुले बजारलाई झनै अनियन्त्रित बनाएको अध्यक्ष प्रधान बताउँछन्। उनका अनुसार पेट्रोलका लागि लामो लाइन लाग्नुमा व्यवसायीको पनि भूमिका छ। मूल्य घट्ने सवालमा व्यवसायीले कम परिमाणमा इन्धन उठाएको, त्यही पनि बिक्री नगरेकाले बजारमा कृत्रिम अभाव गराउन भूमिका खेलेको प्रधान स्वीकार गर्छन्। निगमले अंग्रेजी महिनाको १ र १६ तारिखमा इन्धनको मूल्य समायोजन गर्छ। अन्तर्राष्ट्रिय बजारमा घट्दो मूल्यअनुसार निगमले सोमबार मूल्य समायोजन गर्दै छ भन्ने जानकारी पाएका व्यवसायीले कम परिमाणमा थानकोट डिपोबाट इन्धन उठाए।

उनीहरूले आइतबार र सोमबार त्यसको एकचौथाइ पनि बिक्री नगरी पम्प बन्द गरे। ‘भारतले फेरि नाकाबन्दी गरेको गलत हल्ला सामाजिक सञ्जालमार्फत फिजाइयो’, उनी भन्छन्, ‘त्यसको प्रत्यक्ष प्रभाव पम्पहरूमा पर्‍यो। उपभोक्ता हल्लाकै भरमा ग्यालेन र मिनरल वाटरको बोतलमै पेट्रोल लिन लाइनमा बस्न थालेका छन्। उपभोक्ताले भूकम्प र नाकाबन्दीकै अवस्था सिर्जना हुने हल्लाका भरमा अनावश्यक जोहो गर्न थालेपछि भीड बढेको हो।’ सिनामंगलस्थित तपस्या ट्रेडर्स पम्पका सञ्चालक श्याम बुढाथोकी पेट्रोल माग शनिबारदेखि सामान्य अवस्थाभन्दा झन्डै ४० प्रतिशतले बढेको बताउँछन्।

पर्याप्त परिमाणमा इन्धन दिए पनि लाइन कम नभएको बुढाथोकीको भनाइ छ। उनी बाग्मती पेट्रोल डिलर्स एसोसिएसनका उपाध्यक्षसमेत हुन्। ‘पेट्रोल छैन’ भनेर बोर्ड झुन्ड्याएकै पम्पहरूले पेट्रोलको कालोबजारी गरेको भेटिएको छ। चारपांग्रे सवारीको डिक्कीमा लुकाइएको ड्रममै आवश्यकताभन्दा बढी पेट्रोल बिक्री गरिएको छ। दुईपांग्रेले ग्यालेनमै पेट्रोल खरिद गरी लगेको फेला परेको छ। बजारमा खाना पकाउने ग्यास र पेट्रोल अभाव भयावह बन्दै छ। कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न सरकार सफल भएको छैन। बजारमा पर्याप्त परिमाणमा ग्यास, नुन, खाने तेल, मास्क र पेट्रोल भएको दाबी गरिए पनि उपभोक्ताले सहज रूपमा यस्ता वस्तु पाएका छैनन्।

बजारमा बढ्दो कालोबजारी र कृत्रिम अभाव नियन्त्रण नहुँदा सरकारको उपस्थिति नभएको गलत सन्देश उपभोक्तामा गएको छ। निगमले भने इन्धन पर्याप्त वितरण गरिएकाले बुधबार बिहानदेखि पम्पमा उपभोक्ताको लाइन समाप्त हुने दाबी गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार सामान्य अवस्थामा खपत हुने परिमाणभन्दा ५ लाख ६९ हजार लिटर बढी पेट्रोल बजारमा पठाइएको छ। मंगलबार ११ लाख ६९ हजार लिटर पेट्रोल र १४ लाख ११ हजार लिटर डिजेल बजारमा पठाइएको प्रवक्ता गोइत सुनाउँछन्।

उपत्यकामा सामान्य दिनमा ६ लाखदेखि साढे ६ लाख लिटर पेट्रोल र ९ लाख लिटर डिजेलको माग छ। ‘शनिबार सार्वजनिक बिदा भएकाले इन्धन उपलब्ध गराउन नसकिए पनि आइतबारदेखि मागभन्दा बढी वितरण भइरहेको छ’, उनी भन्छन्, ‘बुधबारदेखि अवस्था सामान्य हुन्छ।’ अन्नपुर्णपोष्ट दैनिक