२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिवाकोटीलाई कार्यबाहक गभर्नरको जिम्मा



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । नेपाल सरकार (मन्त्री स्तर) को निर्णयबाट निर्णय भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको अर्थमन्त्रालयले मंगलबार जानकारी गराएको हो ।

गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट नै बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहकको जिम्मा दिएको हो ।
‘नेपाल सरकार माननीय (मन्त्री स्तरको) मिति २०७६।१२।४ गतेको निर्णय अनुसार तपाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम चैत ५ देखि अर्को व्यवस्था नभएसम्म नेपाल राष्ट्र बैंकको गभर्नरको कामकाज गर्नेगरी कायम/मुकायमा मुकरर गरिएको व्यहोरा अनुरोध गर्दछु’ मन्त्रालयले पत्रमा लेखेको छ ।

कार्यबाहकको दाबेदार अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि थिए । डेपुटी गभर्नर सिवाकोटी राष्ट्र बैंकको गभर्नर पदका लागि बलिया दाबेदारका रूपमा समेत हेरिएका छन् ।