२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीसहित १० वाम दल एकताकै दिन माधव नेपालद्वारा ६ नेतामाथि कारबाही



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित १० वाम दलबीच एकता घोषणा भएको दिन नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका ६ नेतालाई कारबाही गरेका छन्।

हिजो एकता घोषणा अघि बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालसहित ६ जनालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

कारबाहीमा पर्नेमा महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ रहेका छन्।

पार्टीको नाम र पदको दुरुपयोग गर्दै कुनै पनि गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत अध्यक्ष नेपालले दिएका छन्।

कारबाहीको पत्र बिहीबार सार्वजनिक भए पनि मिति भने बुधबार (कात्तिक १९) कै राखिएको छ।