२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीसहित १० वाम दल एकताकै दिन माधव नेपालद्वारा ६ नेतामाथि कारबाही



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित १० वाम दलबीच एकता घोषणा भएको दिन नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका ६ नेतालाई कारबाही गरेका छन्।

हिजो एकता घोषणा अघि बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालसहित ६ जनालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

कारबाहीमा पर्नेमा महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ रहेका छन्।

पार्टीको नाम र पदको दुरुपयोग गर्दै कुनै पनि गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत अध्यक्ष नेपालले दिएका छन्।

कारबाहीको पत्र बिहीबार सार्वजनिक भए पनि मिति भने बुधबार (कात्तिक १९) कै राखिएको छ।