नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सचिवालय बैठक बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने गरी बोलाईएको बैठकमा कोरोनोको प्रभाब , त्यस बाट समग्र क्षेत्रमा परेको असर का साथै राष्ट्रिय शभामा रिक्त रहेको एकपद बारे छलफल हुने जनाईएको छ ।फाल्गुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेको औपचारीक जानकारी गराएपछि स्बास्थ लाभको कामनाका लागि मात्र बैठक बसेको थियो ।

मंगलबार अर्का अध्यक्ष पुष्पकमल दहाल संग छलफल गरेपछि अध्यक्ष ओलीले आजका लागि बैठक बोलाउनु भएको हो । ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ । बैठक यस अघि फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नभएको बिषय पनि छलफल हुन सक्ने एक नेताले न्यूजपोलारलाई जानकारी गराए ।
तर प्रधानमन्त्री ओली बामदेब गौतमलाई राष्ट्रिय सभामा लैजाने बिषयमा सकारात्मक छैनन् । जसका कारण नेकपा भित्र आ आफनो समुहलाई बलियो देखाउन नेताहरु सक्रिय बनेका छन् ।








