१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनथानामा किशोरीमाथि सामूहिक बलात्कार, संलग्न ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई पक्राउ गरेको छ । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।