२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकृत वामपन्थको एकता चरम अवसरवाद: राप्रपा सहायकमन्त्री खड्का



अ+ अ-

काठमाडौं ।राप्रपा सहायकमन्त्री बिजय खड्काले नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने बताउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत खड्काल जो, जहाँ, जसरी जोडिएपनि नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने छैन भन्ने चेत खुलिदिए उपयुक्त हुने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- विकृत वामपन्थको निकृष्ट प्रहसनले पछिल्लो हप्ता नेपाली राजनीति गर्माएको छ। जबरजस्ती सिद्धान्तको जलप लगाउन खोजेपनि चरम स्वार्थ केन्द्रीत अवसरवादको गठजोड र शब्दजालले फेरि पनि भ्रम सिवाय केही दिने छैन। जो, जहाँ, जसरी जोडिएपनि नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने छैन भन्ने चेत खुलिदिए हुन्थ्यो । निरन्तरतामा क्रमभंग गर्ने तागत फर्केला त यिनमा ?