१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आइसोलेन बनाउन चाहान्छ भने मेरो घर निःशुल्क रुपमा प्रयोग गर्न दिन्छु : अभियन्ता गोयल



अ+ अ-

काठमाण्डौं । काठमाण्डौंका एक घर धनीले आफ्नो घरलाई यदि सरकारले आइसोलेन बनाउन चाहान्छ भने निःशुल्क रुपमा प्रयोग गर्न दिने बताएका छन् । गोयल ग्रुपका सिइओ तथा सामाजिक अभियन्ता चिराग गोयलले सिफलमा रहेको घर निःशुल्क रुपमा प्रयोग गर्न दिने बताएका हुन् ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि यसको त्रास बढेका बेला गोयलले काठमाण्डौंमा कोही पर्यटकले आर्थिक अभावका कारण होटलमा बस्न पाएका छैनन् भने आफ्नो घरलाई (अस्थायी अस्पताल) १४ दिनको क्वारेन्टाइन स्वरुप प्रयोग गर्न सक्ने बताएका छन् ।

यतिबेला सरकारले चाहेर पनि सबैलाई स्वास्थ्य सेवा दिन नसक्ने बताउँदै गोयलले चावहिलको सिफलमा आफ्नो घर खाली रहेको र त्यसमा १४ दिन सम्म निःशुल्क बस्न सक्ने बताएका छन् ।

‘घरमा ९ कोठा, ३ वाशरुम, २ टेरेस, (जसलाई कोठामा परिवर्तन गर्न सकिन्छ) अनि खाली ठाउँ पनि धेरै छ । जसमा टेन्ट राखेर प्रयोग गर्न सकिन्छ । तर यसको सरसफाईमा भने ध्यान दिनु पर्दछ । किन की केही समयदेखि घर खाली छ । यदि कोही बस्न चाहानुहुन्छ भने हामी सफाइ गरिदिनेछौं ।’ गोयलले मंगलबार सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

‘कोही पनि व्यक्ति कोरोना भाइरसविरुद्धको लडाईँको लागि ठाउँ खोजिरहनु भएको छ भने मलाई म्यासेजमा इन्बक्स गर्न सक्नुहुन्छ ।’ उनले भनेका छन् ।

घरको तस्बिरसहितर राखेर यस्तो अनुरोध गरेका गोयलको यस्तो प्रशंसनिय कदमलाई सबैले स्वागत गरेका छन् ।