१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बढ्यो सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच मनमुटाव ?



अ+ अ-

काठमाडौँ । संघीय संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई नियुक्ति दिइएको विषयमा सुरु भएको राष्ट्रिय सभाका अध्यक्ष र सभामुख अग्नि सापकोटाबीचको झगडा अहिले सतहमै देखिएको छ ।

योगीलाई महासचिव तोकिएको विषयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कडा आपत्ति जनाएको समाचार यसअघि नै बाहिर आएको थियो ।

यही चैत २ गते सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई नेपालको ‘संघीय संसदको महासचिव भई कामकाज गर्न’ तोकेका थिए । उनलाई पत्र नदिन अध्यक्ष तिमिल्सिनाले भनेका थिए । तर पनि त्यसको बेवास्ता गर्दै सभामुख सापकोटाले सो पत्र दिएका थिए । तर परामर्श नै नगरेपनि सभामुखले भने ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यबाहक तोकिएको’ भनेर पत्रमा उल्लेख गरेका थिए । यस विषयमा अध्यक्ष तिमिल्सिनाले कडा आपत्ति जनाउँदै मलाई नै नसोधी किन यो पत्र दिइएको भनेर आपत्ति जनाएका थिए ।

यसरी सुरु भएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव हाल आएर सतहमा नै देखिएको पाइएको छ । यो झगडाको पहिलो किस्ताका रुपमा बुधबार संसदको एक बैठकमै देखिएको छ । सभामुख सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल गर्न बैठक राखेका थिए ।

तर सो बैठकमा अध्यक्ष तिमिल्सिना गएनन् । आफू यस बैठकमा उपस्थित हुन नसक्ने सन्देश उनले पठाएको एक अधिकारीले बताए । उनी आफू त उपस्थित नभएसँगै राष्ट्रिय सभाअन्तर्गतका समितिका सबैजना सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएका थिए ।

यो कुराको पुष्टि राष्ट्रिय सभाको दीगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले आज गरेकि छिन् । उनले भनिन्– ‘अध्यक्षज्यूले सरसल्लाह भएन भन्नुभयो, त्यसैले उपस्थित भएनौँ’ ।

यसरी अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापतिहरू नै नआउने भएपछि सभामुख सापकोटाले भने आजको बैठक स्थगित गरेका छन् ।

योगीलाई कार्यबाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए । सभामुख सापकोटासँगको भेटमा अध्यक्ष उनले आफूसँग परामर्श नगरी योगीलाई कार्यबाहक तोकिएकोमा आपत्ति जनाएको उनी निकट स्रोतले भन्यो ।

योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्व माओवादीले सिफारिस गरेको थियो । अहिले पनि सभामुख माओवादीकै भएकोले योगीलाई सिफारिश गरिएको थियो ।

संघीय संसदको महासचिव र सचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानूनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्व एमाले वृतमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ ।