१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानले उत्पादन गरेको वस्तुको विक्री गर्ने ज्ञारेन्टी सरकारले लिन्छ : मन्त्री भुसाल



अ+ अ-

काठमाडौं । किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ ।

कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ज्ञारेन्टी सरकारले लिने घोषणा गर्नुभएको हो । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने बताउनुभएको हो । उहाँले किसानले उत्पादन गरेको नगदे बालिमा लागतपछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने बताउनुभयो । जसबाट किसानलाई २५ प्रतिशत सम्म नाफाु सुनिश्चित हुने दावी समेत उहाँले गर्नुभयो । मन्त्री भुसालले व्यक्तिगत रुपमा किसानलाई दिने अनुदानमा सुधार गरी मल, बीउ, सिचाईं र विजुलीमा अनुदान दिने व्यवस्था गर्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बीमा गर्छौं टेक्निकल सपोर्ट गर्छौ न्यूनतम समर्थन मूल्य दिन्छौं र अन्तिममा हामीले तोकेको मूल्यमा वहाँहरुले बेच्न पाउनु भो बेच्नुहुन्छ बजारमा त्यो भन्दा बढीमा बेच्नुहुन्छ । त्यसमा पनि पाउनु भएन भने सर्टेन मूल्य पनि वहाँहरुले नपाउने स्थिति रहयो, सर्टेन मूल्य भनेको सर्टेन बचतको मूल्य पाउनु भएन भने हामीले राज्ले त्यो लिने व्यवस्था मिलाउछौं ।’

उहाँले अहिले कृषि उपजको विक्री वितरणको प्रकृयामा दलाल पूँजीवाद रहेको र त्यसलाई समाप्त पार्नेगरी पाँचवटा नीतिगत आधारहरु समेत प्रस्तुत गर्नुभयो । उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उहाँले बताउनुभयो । उहाँले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा ६ हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताउनुभयो । त्यस्तै उहाँले किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्नेगरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिएको घोषणा समेत गर्नुभयो ।