२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल



अ+ अ-

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा जारी एशिया प्यासिफिक सोसल फोरममा एशिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्यापसम्बन्धी छलफल भएको छ ।

दलित गैरसरकारी संस्था महसङ्घ (डिएनएफ), वल्र्ड डिग्निटि फोरम र नेपाल र भारतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सो छलफल भएको हो ।

छलफलमा संयुक्त राज्य अमेरिकाका लागि पूर्व नेपाली राजदूत तथा वल्र्ड सोसल फोरमका अन्तरराष्ट्रिय सदस्य डा अर्र्जुन कार्कीले जातीय विभेद् असमानताको मुख्य कारण भएको वनाउँदै सूचना प्रविधिको क्रान्तिको समयमा पनि यस्ता विभेद हुनु दुखद् भएको बताउनुभयो ।

वल्र्र्ड डिग्निटि फोरमका संस्थापक तथा भारतीय दलित नेता अशोक भारतीले जातीय विभेदको मुद्दा विश्वव्यापी भएको बताउँदै यसको अन्त्यका लागि विश्वव्यापी रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराइले जातीय विभेद राजनीतिक मुद्दा भएको बताउँदै यसको अन्त्यका लागि संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

यसैगरी अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल (आइडिएसएन) अध्यक्ष रेणु सिजापतिले जातीय विभेदले दलित महिलालाई झन ठूलो असर परेको बताउँदै यसको अन्त्यका लागि कानुनी सुधार गर्दै शिक्षामा लगानी गर्नुपर्ने वताउनुभयो ।

दलित लाइभ म्याटरका अध्यक्ष प्रदीप परियारले जातीय विभेद अन्त्य गर्ने दायित्व सबैको भएको बताउँदै संविधानको कार्यान्वयन, धार्मिक सुधार, आर्थिक न्याय र डिजिटल क्याम्पेनमा काम गर्नुपर्ने बताउनुभएको सम्मेलनमा सहभागी सुशील विकेले जानकारी दिनुभयो ।