२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माद्वारा नयाँ राजनीतिक अभियान घोषणा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)सहित साना दलहरूसँग भइरहेको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेका शर्माले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रगतिशील अभियान, नेपाल अभियान सुरु गरेको घोषणा गरेका हुन् ।

शर्माले आफूहरू जेनजी आन्दोलनले उठाएको माग र भावनासँग असहमत रहेको भन्दै उक्त एकता प्रक्रियामा सहभागी हुन नसकेको स्पष्ट पारे ।

उनले भने, “एकताको नाममा घृणा फैलाउने काम भइरहेको छ, त्यसैले हामी त्यस्तो प्रक्रियाको हिस्सा हुन सक्दैनौं ।”

आफ्ना पूर्व गल्ती र कमजोरी स्वीकार गर्दै उनले नयाँ दृष्टिकोणसहित प्रगतिशील अभियान अगाडि बढाउने घोषणा गरे। “हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं,” शर्माले भने ।

यो अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास गर्ने उनको भनाई छ ।