२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकोलस भुसाल पक्राउ



अ+ अ-

काठमाडौं । तीन दिनदेखि प्रहरीको खोजीमा रहेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याएको अभियोगमा भुसाललाई पक्राउ गरिएको हो । उनले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा अण्ठसन्ठ अभिव्यक्ति दिँदै आएका थिए ।

तीन दिनअघि उनले माइतीघरमा प्रदर्शनको आह्वान गरेका थिए । तर, तोकिएको दिन उनी उपस्थित भएका थिएनन् ।

यसअघि माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई परिवारको जिम्मामा पुनःस्थापना केन्द्र (रिह्याव सेन्टर)मा राख्ने सर्तमा रिहा गरिएको थियो ।