२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २४ को आगजनी प्रकरणमा सर्वोच्च र जिल्ला अदालतको जाहेरी, प्रहरीमा अनुसन्धान सुरु



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते अदालत परिसरमा भएको आगजनी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् ।

जाहेरीमा कसैको नाम किटान गरिएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार जाहेरी दर्ता भएसँगै घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले भवन र अन्य सामग्री गरी करिब ६२ करोड रुपैयाँको क्षतिको विवरण सहित जाहेरी दर्ता गराएको जनाएको छ। भदौ २४ गतेको घटनामा सात वटा उच्च अदालतमा समेत आगजनी र तोडफोड भएका थिए ।

सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतहरूले पनि आफ्ना क्षतिको विवरण संकलन गरी प्रहरीमा जाहेरी दिने तयारी गरिरहेका छन् ।