पेरिस । विश्व चर्चित फुटबलर लियोनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमण पुष्टि भएपछि उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेका छन् ।
अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् ।
उनलाई संक्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ ।
संक्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन्।