६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको प्रभाव: ‘सजगता अपनाउनुहोस्’

कोरोनाको प्रभाव: ‘सजगता अपनाउनुहोस्’
अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यून क्षेत्रमा मात्र रहेको स्पष्ट पारेको छ । बाहिर हल्ला भएजस्तो त्रास नभएपनि सजकता अपनाउनका लागि पछिल्ला कदम चालिएको स्पष्ट पारेको छ । भविष्यमा हुन सक्ने संक्रमणको खतरालाई टाल्नका लागि पछिल्लो कदम चाल्नु परेको सूचना तथा सञ्चारप्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले शुक्रबारबाट लागु हुनेगरी खाडीसहित विभिन्न ५६ मुलुकबाट आउने नेपालीसहित सबैलाई प्रतिवन्ध लगाएको छ । यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी नियम लगाएको छ । कोरोना भाइरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्वतयारीको अभियानमा लागेको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले संक्रमणको जोखिम आउन नदिन सरकारले पूर्ण सर्तकता अपनाएको स्पष्ट पारे । सरकारले समयमै अपनाएको सर्तकताका कारण अहिलेसम्म कोरोना संक्रमणबाट नेपाल र नेपाली बच्न सफल भएको भन्दै उनले सम्भावित जोखिमको क्षेत्रमा थप प्रबन्ध गर्ने काम भइरहेको स्पष्ट पारे । यद्यपि उनले कुन क्षेत्र सबैभन्दा बढी जोखिम भनेर खुलाएनन् । यद्यपि विमानस्थल, सिमानाका र ठमेल संक्रमण बढ्न सक्ने सम्भावति क्षेत्रका रूपमा हेरेको छ । सो क्षेत्रमा संक्रमण बढेको पाइएमा ‘लकडाउन’ गर्ने सम्मको भित्री योजना बनाएको छ । प्रवक्ता खतिवडाले केही समयभित्रै संक्रमणको त्रासबाट नेपाल मुक्त हुने विश्वास पनि दिलाए ।

‘कोरोना संक्रमणको विश्वपरिवेश र छिमेकी मुलुकको संक्रमणलाई नजिकबाट नियालिरहेका छौँ । एउटा (चीन) ले खतरा मुक्त भएको घोषणा नै गरेको अवस्था छ’, उनले भने, ‘अर्को छिमेकी मुलुक (भारत) ले पनि अत्यन्तै सर्तकता अपनाएकाले त्यहाँ देखिएको संक्रमण सीमित व्यक्तिमा नै केन्द्रित छ । यसको फैलावट त्यत्ति छिटो छैन । त्यसैले हामी छिटै यो सन्त्रासबाट मुक्त पाउँछौ ।’ उनले पूर्वतयारी स्वरूप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजि क्षेत्रका चिकित्सकलगायत विभिन्न क्षेत्रसँग सहकार्य अघि बढाइएको बताए । मित्र राष्ट्रलेसमेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरू प्राप्त गर्न पनि थालिसकेको पनि उनले उल्लेख गरे ।

उनले तत्काल केही आन्तरिक आर्थिक क्षेत्रमा प्रभाव देखिए पनि समस्या समाधानमा सबै तहका सरकार एकजुट भएकाले सबै नागरिकलाई सुरक्षित राख्न सक्छौ भन्ने विश्वास सरकारले लिएको बताए । ‘आन्तरिक आर्थिक क्रियाकलापहरू केही क्षेत्रबाहेक धेरै प्रभावित भइसकेका छैनन् । व्यापार क्षेत्र, निर्माण क्षेत्र, उद्योग क्षेत्र, वित्तक्षेत्र स्वभाविक रूपले अघि बढीरहँदा केही सानातिना क्षेत्रहरूमा हामीलाई अलिकति असर परेको छ । विद्यालय बन्द गरेका छौँ । हिँडडुल नगर भनेका छौँ’, उनले भने, ‘सार्वजनिक स्थलहरूमा नजाऊँ भनेका छाँै । तर, यसलाई हामीले दीर्घकालीन असर नपर्ने गरी व्यवस्थापन गरेर अघि बढ्नु पर्नेछ । संघ, प्रदेश र स्थानीतहसंगको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाएका छौँ । तीनै तहको सहकार्य अहिले राम्रो बिन्दुमा छ ।’

उनले तत्काल पर्यटन क्षेत्रमा असर देखिएको र पर्यटनसँग सम्बन्धित हवाई, होटललगायत क्षेत्र प्रभावित भएपनि त्यसले समग्र अर्थतन्त्रमा असर पर्छ भनेर आकलन नगर्न आग्रह गरे । ‘पर्यटनमा असर पर्यो त्यसका कारणले समग्र अर्थतन्त्रमा शिथिल हुन्छ भन्ने एउटा ठाडो अनुमान गरिरहेका छौँ । कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै योगदान रहने क्षेत्रमा परेको असरले समग्र अर्थतन्त्रमा पर्ने असरलाई पनि त्यसै अनुसार नै मापन गर्नुपर्छ’, उनले भने, ‘त्योभन्दा बढी अनुमाग गर्नु आवश्यक छैन ।’

सिजनको समयमा प्रभावित भएको पर्यटन व्यवसायलाई अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटन ल्याएर पुरण गर्ने गरी सरकारले अफ सिजन टुरिजमतर्फको रणनीति बनाउन थालेको पनि उनले स्पष्ट पारे । होटलमा कार्यरत अस्थायी कामदार र श्रमिकहरूको स्थितिमा देखिने प्रभाव कम गर्न श्रमिकहरूकै कल्याणकारी कोषहरूलाई परिचालन गर्ने तयारी पनि सरकारले गरेको उनले बताए । त्यसैगरी पर्यटन उद्योगलाई परेको ऋणसम्बन्धी समस्यालाई पुर्नताजगी गर्नुको साथै कर भुक्तानीको समय सार्ने बारे पनि सरकारले छलफल गरिरहेको स्पष्ट पारे ।

उद्योगको प्रकृतिअनुसार सरकारले दिने राहत फरक पर्ने भएकाले त्यसबारे निर्णयमा पुग्न केही समय लाग्ने बताए । व्यक्ति स्वयं र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नका लागि वैदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनुपरेको भन्दै उनले वैदेशिक रोजगारीमा गएर फर्किएका र फेरि जान नपाएका इच्छुकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रम गर्ने व्यवस्था मिलाइने बताए । सौर्य दैनिक