२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ जना एसएसपी डीआईजीमा बढुवा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।

बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजी पदमा पदोन्नति गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका हुन् ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले केही दिनअघि उनीहरूको नाम सिफारिस गरेको थियो ।

समितिको सिफारिस मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि उनीहरूलाई डीआईजीमा बढुवा गरिएको हो ।