९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी–एकीकृत समाजवादी नेतृत्वबीच भेटवार्ता, ‘पाँचकुने तारा’ चिह्नमा सहमति



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको सहमतिपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित मंगलबार पार्टी कार्यालय आलोकनगर पुगेका थिए । बैठकमा एकता सभाको तयारीदेखि आगामी राजनीतिक रणनीतिसम्मका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ पार्टीबीच एकताको सहमति भइसकेको छ। नयाँ एकीकृत पार्टीले ‘पाँचकुने तारा’ चुनाव चिह्न कायम गर्ने निर्णय गरेको छ । तर पार्टीको नामबारे भने अन्तिम निष्कर्ष निकालिएको छैन ।

पार्टी एकताको निर्णयसँगै एकीकृत समाजवादीभित्र असन्तुष्टि देखिएको छ भने माओवादी केन्द्रभित्र पनि विभाजनको सम्भावना बढेको बताइन्छ । सहमतिअनुसार एकीकृत पार्टीमा प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक रहने तय गरिएको छ ।