२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी–एकीकृत समाजवादी नेतृत्वबीच भेटवार्ता, ‘पाँचकुने तारा’ चिह्नमा सहमति



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको सहमतिपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित मंगलबार पार्टी कार्यालय आलोकनगर पुगेका थिए । बैठकमा एकता सभाको तयारीदेखि आगामी राजनीतिक रणनीतिसम्मका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ पार्टीबीच एकताको सहमति भइसकेको छ। नयाँ एकीकृत पार्टीले ‘पाँचकुने तारा’ चुनाव चिह्न कायम गर्ने निर्णय गरेको छ । तर पार्टीको नामबारे भने अन्तिम निष्कर्ष निकालिएको छैन ।

पार्टी एकताको निर्णयसँगै एकीकृत समाजवादीभित्र असन्तुष्टि देखिएको छ भने माओवादी केन्द्रभित्र पनि विभाजनको सम्भावना बढेको बताइन्छ । सहमतिअनुसार एकीकृत पार्टीमा प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक रहने तय गरिएको छ ।