१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र वेस्टहाम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले हराएको हो । घरेलु मैदानमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई तथा निको ओ’रेलीले एक गोल गरे । बर्नमाउथका टेलर आडम्सले एक गोल फर्काए ।

१७ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा आडम्सले गोल गर्दै बर्नमाउथलाई १–१ को बराबरीमा ल्याए ।

३३ औं मिनेटमा हालाण्डले गोल थप्दै सिटीलाई २–१ ले अघि बढाए । यता, ६० औं मिनेटमा ओ’रेलीले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । जितसँगै सिटी १० खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बर्नमाउथ १८ अंकका साथ चौंथो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा वेस्टहाम युनाइटेडले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो । खेलको चौंथो मिनेटमा नै जाकोव मुर्फीको गोलबाट न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । ३५ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै घरेलु टोलिलाई १–१ को बराबरीमा ल्याए ।

यता, पहिलो हाफको इन्जुरी समयमा न्युक्यासलका स्भेन बोटम्यानले आत्मघाती गोल गरेपछि वेस्टहामले २–१ को अग्रता लियो । खेल सकिनै लाग्दा इन्जुरी समयमा थोमस सौसेकले गोल गर्दै वेस्टहामलाई ३–१ को जित दिलाए ।

यो नतिजापछि न्युक्यासल १० खेलबाट १२ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने वेस्टहाम ७ अंकका साथ १८ औं स्थानमा छ ।