६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण
??????? ????? ?????? ???????? ???????? ?? ???????? ?????? ?????? ??????? ??? ????? ??? ????????? ?????? ???????? ?????? ?????? ????????? ?????? ???????? ??????? ????? ??? ????????? ?????? ?????? ??? ??? ?????? ?????? ‘???????? ????????? ??????, ?????? ? ???????, ?????? ???????????? ???????? ????? ???????????? ??? ?????? ????????? ???? ????????? ??????????? ???????? ?????? ???????÷????
अ+ अ-

काठमाडौँ। पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ग्रन्थ लोकार्पण गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले पर्यटन क्षेत्रको विकासमा स्वर्गीय देवेन्द्र वाग्लेको महत्त्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दे त्यो भूमिका बिर्सन नसकिने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी दीपक महतले देशको पर्यटन क्षेत्रमा स्व वाग्लेले विश्वसनीय र इमान्दार छवि बनाएको उल्लेख गर्दै उहाँकै प्रेरणाले पर्यटन क्षेत्रमा आएका कर्मचारीबाट ठमेलमा मात्र १०० भन्दा बढी ट्रेकिङ कम्पनी स्थापना गरेको बताउनुभयो ।

नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् पर्यटन व्यवसायी रमेश धमलाले स्व वाग्ले कूटनीतिक क्षमताको व्यवस्थापनमा अब्बल व्यक्ति भएको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले आफू र वाग्लेबीच वैचारिक मतभिन्नता रहे पनि नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने सवालमा सधैँ सँगै रहेको स्मरण गर्नुभयो ।

पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रलाई गौरवपूर्ण ढङ्गले अगाडि बढाउन सकिए स्व वाग्लेप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष सन्तवीर लामा, पर्यटन व्यवसायी एवम् नियात्राकार राजेन्द्रमान डङ्गोललगायतले पर्यटन क्षेत्रमा उद्यमशीलताको विकासमा लाग्न स्व वाग्लेले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा ‘कर्मयोगी देवेन्द्र वाग्ले सम्झना र अनुभूति’ पुस्तक विमोचन गरिएको थियो । उक्त पुस्तकका सम्पादक वरिष्ठ साहित्यकार एवम् पत्रकार हरि अधिकारीले स्व वाग्लेमा कर्मशीलता र अनुशासित रहेको बताउनुभयो ।

स्व वाग्लेका पिता नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले आफ्नो छोरा राजनीतिभन्दा पनि पेसा–व्यवसायमा पूर्ण ध्येय, निष्ठा र इमान्दारका साथ लाग्ने कर्मयोगी भएको बताउनुभयो । देवेन्द्रको निधनले नेपालको पर्यटन क्षेत्रलाई ठूलो बज्रपात परेको उहाँको भनाइ थियो ।रासस