२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र कोरियाबीच व्यापार सम्झौता सम्पन्नः ट्रम्प



अ+ अ-

सियोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताका लागि प्रायः सबै बिषयमा अन्तिम सहमति भएको राष्ट्रपति ट्रम्पले बुधबार जानकारी गराउनुभएको छ।

यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी शहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “ वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ । हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ।” दुई देशका राष्ट्रपतिद्वय ट्रम्प र लीबचिको शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो किनकि दुबै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न संघर्ष गरिरहेका थिए ।

सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरुबीच ‘बृहत्’ भेटवार्ता भएको बताउनुभयो तर उहाँले के के कुरामा सम्झौता भएको हो भन्नेबारे उक्त अवसरमा जानकारी गराउनुभएन ।

“धेरै कुरामा निर्णयमा पुगिएको छ हामीले धेरै प्रतिषा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ । राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य केही बिषयमा पनि छलफल गरेका छौँ । मलाई लाग्छ, हामी धेरै महत्त्वपूर्ण बिषयुहरूमा निष्कर्षमा पुग्यौँं।

ट्रम्पले कोरियाली प्रायःद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहो¥याउनुभयो । उत्तर कोरिया “जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको’ उहाँले बताउनुभयो ।

उत्तर कोरियाली नेता किम जोङ उनलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ ।”(रासस/योन्हाप)




भर्खरै