२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रिय समिति बैठकअघि काँग्रेस संस्थापनको छुट्टै छलफल, पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने निष्कर्ष



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गर्नुभएको हो ।

केन्द्रिय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गर्नुभएको हो ।

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी हुुनुहुन्थ्यो । सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आउनुभएको छ । उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आउनुभएको छ । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ ।