९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगालको खाडीको ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा, सचेत रहन आग्रह



अ+ अ-

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जारी गरेको विशेष बुलेटिन अनुसार चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ ।

चक्रवात आज राति भारतको आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै नेपालतिर सरिरहेको विभागले जनाएको छ । यसको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा, र मधेश–कोशीका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

विभागले सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय र आम जनतालाई सतर्क रहन अनुरोध गरेको छ ।