६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गर्मी मौसममा कोरोनाको प्रकोप घट्ला त ?

गर्मी मौसममा कोरोनाको प्रकोप घट्ला त ?
अ+ अ-

काठमाडौं । संक्रमण हुने थुप्रै रोगको प्रकोप मौसम अनुसार घटीबेसी हुन्छ । फ्लुको प्रकोप विशेषतः चिसो मौसममा आउँछ । टाइफाइड जस्ता रोगको प्रकोप भने गर्मी याममा आउँछ । र गर्मी याममै टाइफाइडको प्रकोप उच्च हुन्छ । दादुराको प्रकोप भने गर्मी मौसममा कमी आउँछ । तर उष्ण क्षेत्रमा भने सुख्खा मौसममा दादुरको प्रकोप बढ्छ ।

सम्भवतः अधिकांश व्यक्तिको जिज्ञासा कोभिड–१९ को संक्रमण फैल्ने पनि कुनै मौसम हुन्छ वा हुन्न भन्ने हुन्छ । पहिलोपटक चीनको वुहान शहरमा मध्य डिसेम्बरमा यसको प्रकोप सुरु भयो र यसको प्रकोप केही दिनभित्रै विश्व महामारीको रुप लियो । यूरोप र अमेरिकामा भने कोभिड–१९ संक्रमितको संख्या उच्च रफ्तारले बढ्दैछ ।

कोभिड–१९ को प्रकोपले महामारीको रुप लिँदा अधिकांश क्षेत्रको मौसम चिसो रहेको छ । र यसले गर्मी मौसमको सुरुसँगै कोभिड–१९ को संक्रमण पातलिदै जाने आशंका र सम्भावना ब्यक्त गरिदैछ । तर प्रायजसो विज्ञले भने गर्मी मौसममा भाइरस मर्ने सम्भावनामाथि आश्रित हुनु जोखिमपूर्ण हुने चेतावनी दिइ सकेको छन् । र ती विज्ञको उक्त सचेतना सही रहेको पाइएको छ ।

कोभिड–१९ लाई आधिकारिक रुपमा सार्स–कोभ–२ नामाकरण गरिएको छ । र मौसम अनुसार कोभिड–१९ को संक्रमणमा उतारचढाब आउनेबारे अध्ययन गर्न नयाँ र थोरै मात्रै तथ्याङ्क उपलब्ध छन् । सन् २००३ मा फैलिएको सार्स छिट्टै नै प्रकोपको रुपमा देखियो । र त्यसैकारणले सार्समाथि मौसमको प्रकोपबारे राम्ररी अध्ययन हुन सकेन । तर कोरोना भाइरसको संक्रमण मौसमी प्रकोपको रुपमा मानवमा संक्रमण हुन सक्ने थोरै मात्रै तर्क उपलब्ध छन् ।

इडेनवर्ग विश्वविद्यालयका शोधकत्र्ता केन टेम्प्लेटनले दशवर्ष अघि एक शोध गर्नुभएको थियो । उहाँले आफ्नो शोधमा तीन प्रकारको कोरोना भाइरस फेला पार्नुभयो । श्वासप्रश्वास सम्बन्धी संक्रमितबाट इडनवर्गको एक अस्पतालबाट बिरामीको नमूना संकलन गरिएको थियो । र उक्त शोधले चिसो मौसममा संक्रमणको जोखिम उच्च रहने देखायो । भाइरसको संक्रमण डिसेम्बरदेखि अप्रिलसम्म बढी हुने देखियो । र यस्तै स्वरुप र स्वभाव इन्फ्लुएन्जामा समेत देखियो ।

तर प्रतिरक्षा क्षमता कमजोर रहेका बिरामीबाट संकलित चौथो नमूनामा भने मौसमको प्रकोप छिटफुट देखियो । कोभिड–१९ को संक्रमण पनि केही हदसम्म मौसम अनुसार फरक पर्ने देखिन्छ । प्रकोपको रुप लिएको कोभिड–१९ चिसो र सुख्खा मौसममा बढी प्राथमिकीरुपले फैल्ने सम्भावना देखिएको छ ।

प्रकाशन हुन नसकेको विश्लेषणसहितको शोधमा विश्वका विभिन्न पाँच सय स्थानबाट नमूना संकलन गरी अध्ययन गरिएको छ । जसले कोभिड–१९ फैलिनुको सम्बन्ध तापक्रम, हावाको गति र सापेक्षिक आद्र्रतामा निर्भर रहने दाबी गरेको छ । अर्को शोधले भने तापक्रमको वृद्धिले कोभिड–१९ को घटना कम हुने सम्बन्ध देखाएको छ । तर उक्त अप्रकाशित शोधले वैश्विक रुपमा तापक्रम मात्रै निर्धारण गर्ने एक मात्रै तत्व हुन नसक्ने प्रष्ट्याएको छ ।

केही अप्रकाशित शोधले भने शितोष्ण तातो र चिसो मौसम प्रकोपको रुपमा हाल देखापरेको कोभिड–१९ को उच्च जोखिममा हुने उल्लेख गरेको छ । विश्वको उष्ण प्रदेशीय क्षेत्रमा भने कोभिड–१९ को संक्रमण कम हुने जनाइएको छ । तर वर्षको प्रत्येक मौसममा संकलन गरिएको वास्तविक तथ्याङ्क नभई उक्त तर्कमा पूर्णरुपले निर्भर हुन नसक्ने जनाइएको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।