२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाने भएको छ ।

पार्टीका एक स्थायी समिति सदस्यका अनुसार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा आज दिउँसो पौने १ बजे आयोगमा पुगेर दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गरिएको हो ।

यसअघि नै पार्टीले स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय दल दर्ता तयारी समिति गठन गरेको थियो ।

समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य रहेका छन् ।

नेकपा नाममा यसअघि नै अन्य दल दर्ता भइसकेकाले ‘विप्लव’ समूहले नयाँ नामसहित दल दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सो पार्टीले औपचारिक राजनीतिक गतिविधि सुदृढ बनाउन र आगामी निर्वाचनमा सहभागिता जनाउनका लागि दल दर्ता प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।