१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको पर्यटन प्रवर्दनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत



अ+ अ-

मनिला। एसियाली विकास बैङ्क (एडीबी) ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिदै उत्पादन विकास व्यापार प्रर्वदन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको ।

जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।

यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन,व्यापार तथा पर्यटन प्रवद्र्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडीबीले जनाएको छ ।

यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रहरूलाई प्रवद्र्धन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताउनु भएको छ ।

“उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीहरु विरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उहाँले उल्लेख गर्नु भएको छ ।(रासस/सिन्ह्वा)