२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन



अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएको छ, उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ ।”

‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षति पुगेको छ । त्यसैले पनि राष्ट्रियसभा बैठक बसाल्न पनि समस्या भइरहेको छ । “पूरानो संसद् भवनमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएर क्षति पुगेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्ने छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालन योग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ संसद् भवन छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ ।”

त्यसक्रममा ठेकेदार प्रतिनिधिले हालसम्म ८७ प्रतिशत काम सम्पन्न भएको र भवनभित्र ‘फिनिसिङ’को काम चलिरहेको जनाएका थिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी आफूहरू लागिरहेको बताएका थिए । सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ ।