२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टि–२० छनोटका लागि बन्द प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौँ । ग्लोबल टि–२० छनोटका लागि आजदेखि बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणको पहिलो दिन आज १४ खेलाडी उपस्थि भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीचको विवाद समाधान भएपछि बन्द प्रशिक्षण सुरु भएको बताइएको छ । मुख्य प्रशिक्षक पुबुदु दसानायकेले आजै खेलाडी र क्यानबीच विवाद समाधान भएको जानकारी दिनुभयो । 

प्रशिक्षणमा मोहम्मद आरिफ शेख, शरद भेषावकर, कुशल मल्ल, मोहम्मद आशिफ शेख, पवन सर्राफ, साहब आलम, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो सहभागी छन् । 

मुख्य प्रशिक्षक दसानायकेका अनुसार बन्द प्रशिक्षणमा अन्य ९ खेलाडी आजै बेलुकासम्ममा जम्मा भइसक्ने छन् । ती खेलाडीमा क्यानले कारवाही गरेका चार खेलाडी पनि रहनेछन् । क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेको थियो । 

कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अहिले अस्ट्रेलियामा रहेका छन् भने केही खेलाडी अस्वस्थ रहेको बुझिएको छ ।