काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेको आफ्नो घर हेर्न ओली बालकोट पुगेका हुन् ।
ओलीको साथमा नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेतलगायत बालकोट पुगेका थिए । अहिले ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।











