५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा नेपाल संवत नयाँ वर्षको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल संवत् ११४६ ले हामी सबैमा सामाजिक सद्भाव, लैङ्गिक समानता, पर्यावरणीय उत्तरदायित्व र समृद्ध नेपालको निर्माणमा समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ–

नेपाल संवत् ११४६ प्रारम्भ भएको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरू र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लिच्छवी राजा राघवदेवको समयमा राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँ उपत्यकाका किसान तथा विपन्न जनतालाई ऋणमोचन गरिदिएको खुसियालीमा नेपाल संवत् प्रचलनमा ल्याउनुभएको भन्ने मान्यता रहेको छ । नेपाल संवत् हाम्रो सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र एकताको प्रतीक पनि हो । शंखधर साख्वाको लोककल्याणकारी र परोपकारी कार्य तथा उहाँसँग सम्बन्धित नेपाल संवत्को नयाँ वर्षले हामी सबैलाई नि:स्वार्थ भावले समाज र राष्ट्रको उन्नतिका लागि समर्पित भएर काम गर्न उत्प्रेरित गर्दछ ।

नेपाल संवत् ११४६ ले हामी सबैमा सामाजिक सद्भाव, लैङ्गिक समानता, पर्यावरणीय उत्तरदायित्व र समृद्ध नेपालको निर्माणमा समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।