२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान ९ बजे सिंहदरबार पुगेका जेन—जी घाइतेहरुलाई प्रधानमन्त्री कार्कीले दिइनन् भेट



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की जेन—जी घाइतेसँग भेट गर्नबाट पन्छिनुभएको छ ।

आईतवार पाँच बुँदे माग लिएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका जेन—जी आन्दोलनका क्रममा घाइतेहरुसँग समय व्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले भेट गर्नबाट टाढिनुभएको हो । जेन—जीका घाइतेहरु बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका थिए । तर प्रधानमन्त्र्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किनु भएन । प्रधानमन्त्रीले भेट्न नआएपछि जेन—जी घाइतेहरु आक्रोशित भएका छन् ।

उनीहरुले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारवाही हुनुपर्ने माग आफूहरुको रहेको बताएका छन् । त्यस्तै उनीहरुले संवैधानिक सुुधार र जनमत संग्रह, जेनजेड आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता तथा सम्पती छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक लगायतका माग आफूहरु रहेको बताएका छन् । साथै उनीहरुले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने अल्टिमेटम दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा जेन—जीका घाइतेहरु थप आक्रोशित भएपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आईतवार (आज) बालुवाटारबाटै काम गरिरहनुभएको बताउनु भयो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको बताउनु भयो ।

गत भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनका क्रममा दर्जन बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको उपचार जारी छ ।